मन्त्रिपरिषद् बैठक
उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
मङ्गलबार, १९ असार २०८०, १८ : ०६
![उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय](https://npcdn.ratopati.com/media/news/Ghanashyam-Upadhaya-11.2-(2079)-_6LXiipCh2O.jpg)
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
आजको बैठकले केही ठेक्काहरूको म्याद थप गर्ने निर्णय गर्नुका साथै सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरणमा अर्को व्यवस्थापन नभएसम्म सहसचिव कुवेर नेपालीलाई जिम्मा दिने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई बताए ।