कटहरियामा निर्माणाधीन नालामा गुणस्तरहीन काम

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एसियाली विकास बैंकको लगानीमा निर्माण भइरहेको ढल तथा नालामा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले गुणस्तरहीन काम गरेको स्थानीयवासीको आरोप छ । नालामा आरसीसी ढलान गर्नुपर्नेमा पीसीसी ढलान गरिएको उनीहरु बताउँछन् ।
तेस्रो सानो सहरी तथा खानेपानी कार्यालय ईटहरीद्वारा ५४ करोडको टेण्डर आह्वान गर्दा आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा टेण्डर सकार गरेको थियो । नगरपालिकाको १५ प्रतिशत लगानी रहने उक्त योजनामा ठेकेदार कम्पनीले पेटी ठेकेदारमार्फत काम गराउँदा गुणस्तरहीन हुन पुगेको बताइन्छ ।
कटहरिया नगरपालिकाको ४ र ५ वडामा एकैपटक झन्डै १६ किलोमिटर लामो ढल तथा नाला निर्माणको काम भइरहेको छ । तर पेटी ठेकेदारले फलामको रड राखेर आरसीसी ढलान गर्नुपर्नेमा कयौं स्थानमा ईटा राखेर पीसीसी ढलान गरेको स्थानीयवासी बताउँछन् ।
कटहरीया बजारको मूल बाटोमा दुवैतर्फ निर्माण गरिएको ढल तथा नालाको मूख्य प्वालको कभरमा फलामको रडको जाली बनाएर त्यसमाथि फलामको बिर्को राख्नुपर्ने स्टीमेट रहेको कन्सल्टेन्ट इन्जिनियर धनराज साहले बताए । तर अहिले पेटी ठेकेदारमार्फत ढलको प्वालमाथि ईटा राखेर ढलान गरेको पाइएको छ । हालै निर्माण भएको क्षेत्रमा मोटर गुड्दा ढलान भत्किएपछि गुणस्तरहीन काम गरेको पाइएको स्थानीयवासी बताउँछन् ।
वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाका अनुसार बजार क्षेत्रमा ११ ठाउँमा मूल बाटोमा नालाको प्वालमाथि पीसीसी ढलान भेटिएको छ । यसरी मूल बाटोमा ढल तथा नालाको प्वालमाथि गरिएको पीसीसी ढलान पूर्ण रूपमा गुणस्तरहीन रहेकाले केही महिनाभित्रै सबै भत्किने भन्दै अध्यक्ष कुशवाहाले निर्माणको काम रोक्का गरेका छन् ।
आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर अजय गुप्ताले भुलबस आरसीसीको सट्टा भएको पीसीसी ढलान भत्काएर पुनः स्टीमेट अनुसार निर्माण गरिने बताए ।
तेस्रो साना सहरी तथा खानेपानी ईटहरीका प्रमुख डीई महेशी महतोले निर्माणमा गुणस्तरसँग कुनै सम्झौता हुन नसक्ने प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात