हवाई भाडा घट्यो, काठमाडौँ–धनगढीको भाडा ६१५ रुपैयाँले सस्तियो (सूचीसहित)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो ।
घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको फ्यूल सर्चाज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ ।
यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।
सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी