बालकथा ‘गौरिकाको साहसिक यात्रा’ प्रकाशित

काठमाडौं । प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अंग्रेजी शीर्षक ‘Heroic Adventures of Gaurika’ छ । फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका चित्र छन् । टर्कीबाट प्रकाशित पुस्तकलाई नेपालीमा डा। विमलकुमार सुवेदीले सम्पादन गरेका हुन् भने यसका सम्पादक डा। रामप्रसाद ज्ञवाली हुन् ।
मोबाइल, ल्यापटप र टीभीको अधिक प्रयोगले परिवारमा कसरी संवादहीनताको अवस्था सिर्जना भएको छ भन्ने यथार्थ कथाले भनेको छ । यो हाम्रै घरसमाजको यथार्थ हो । प्रविधिको बढी निर्भरताका कारण परिवारमा एक्लोपन र विरानोपको अवस्था कसरी आइरहेको छ भनेर एक परिवारको दैनिकीलाई कथामार्फत प्रस्तुत गरिएको छ ।
पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यस्थापन कसरी मिलाउने, परिवारलाई कतिबेला समय दिने जस्ता महत्वपूर्ण कुराको उठान गरेको छ । बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले