सन्त भवन निर्माणका लागि एसबीआई बैंकको सहयोग

काठमाडौँ । नेपाल एसबीआई बैंक लि., दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालयमार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए ।
नेपाल एसबीआई वैंक लिमिटेड दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । सहयोग स्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ