दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु
सोमबार, १८ असार २०८०, २२ : ५०

केप टाउन । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा आइतबार साँझ मिनीबस र भारी बोक्ने ट्रक ठोक्किँदा एक बालकसहित १५ जनाको मृत्यु भएको छ । प्रान्तीय यातायात विभागका प्रवक्ता उन्थी बिन्कोसेका अनुसार राति ११ बजेतिर मिडलबर्ग नजिकै एन ९ सडकमा भारी बोक्ने ट्रकले जनावरलाई ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएको र दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा मृत्यु हुने १५ जना सबै मिनीबस ट्याक्सीका यात्रु रहेको बुझिएको छ । मृत्यु हुनेमा नौ महिला, चार पुरुष र दुई बालिका, दुई वर्षका र दुई महिनाका बालक रहेको प्रवक्ताले जानकारी दिएका छन् ।
ट्रकका चालक भणे सामान्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल