लुम्बिनी प्रदेश : एमालेले भोलि पनि विरोध गर्ने, सत्तापक्ष भन्छ, 'बजेट पारित हुन्छ'

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा भोलि (मंगलबार) पनि विरोध जारी राख्ने भएको छ । सरकारले प्रदेशका निर्देशानालयहरुको खारेजीको निर्णय फिर्ता नलिएसम्म प्रदेशसभामा विरोध जारी राख्ने एमालेले जनाएको हो ।
एमालेले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तलसी प्रसाद चौधरीले आफूहरुका माग सम्बोधन गर्न सरकारले अहिलेसम्म वार्ता र छलफल नगरेको भन्दै मंगलबार पनि विरोध जारी राख्ने बताए । उनले भने,'सरकारले हाम्रा मागको बेवास्ता गरेको छ । हाम्रा माग पुरा नभएकाले भोलि पनि संसद् विरोध गर्नेछौँ ।'
तर लुम्बिनी प्रदेशमा सत्ता पक्षले एमालेलाई पेलेर लगेका छन् । एमालेलाई बाहिर राखेर सत्ता पक्षले बजेटमाथि बोलेर छलफल सकाएका छन् । भोलि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक जन्म जय तिमिल्सेनाले एमालेका मागहरू सम्बोधन गर्न मुख्यमन्त्री र सत्तारुढ दलका नेताहरू गम्भीर भएर एमालेलाई मिलाउन लागिरहेको बताए ।
मंगलबार बजेट पास हुने बताउँदै उनले एमालेले उठाएको निर्देशनालयको खारेज भन्ने शब्दलाई मिलाउने विषयमा छलफल भएको बताए ।
उनले सरकारले व्ययभार कम गर्न निर्देशनालय हटाउने भनिए पनि सबै कर्मचारी हटाउने भन्ने नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी