खाद्य व्यवस्थाले भन्यो–वर्षायाममा खाद्यान्नको अभाव हुँदैन
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वर्षायाममा खाद्यान्न अभाव नहुने बताएको छ ।
कम्पनीले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लेखि पठाएको पत्रमा वर्षायाममा खाद्यान्न अभाव नहुने उल्लेख गरेको छ ।
देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको र थप खाद्यान्न खरिद तथा ढुवानी प्रक्रिया जारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा ३६ हजार ३ सय ५६ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।
यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरूमा २५ हजार ५ सय ५ क्विन्टल खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्यांक छ ।
कम्पनीका अनुसार प्रतिस्पर्धाको माध्यमबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । यस्तै हाल २६ हजार ३ सय ७५ क्विन्टल धान मौज्दात रहेको कम्पनीले जनाएको छ ।
यस्तै साल्ट ट्रेडिङमार्फत तत्काल ३४ हजार ३ सय २० क्विन्टल गहुँ प्राप्त हुने जनाइएको छ । योसँगै कुल २ लाख ६६ हजार ३ सय क्विन्टल खाद्यान्न मौज्दात रहने कम्पनीले पत्रमा उल्लेख गरेको छ ।
खुला बजारसँग प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाइएको छ ।
चालु आर्थिक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लाहरूमा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ । बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्विन्टल कोटा थप गरी हवाई मार्गबाट दैनिक ढुवानी भई वितरण भइरहेको कम्पनीले जनाएको छ ।
यस्तै बझाङमा पनि १ हजार क्विन्टल कोटा थप गरिएको छ । पूर्वी जिल्लाहरूमा पनि पर्याप्त खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्पष्ट पारेको छ ।
पालिकाहरुमा खाद्यान्न सञ्चिति गर्ने गोदाम नभएकाले बिक्री केन्द्रहरूमा खाद्यान्न ढुवानी गरेर वितरण भइरहेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा हालसम्म पालिका स्तरबाट माग भएका स्थानहरूमा ४७ हजार ३ सय ३४ क्विन्टल चामल वितरण भइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा