अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको विरोधमा ललितपुर जिल्ला अदालत अगाडि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । अदालतभित्र कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा उपत्यका बार एसोसियसन र ललितपुर बार एसोसियसनले विरोध प्रदर्शन गरेका छन् । सोमवार ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन गरेका हुन् । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । बार एसोसियसनले उनको पक्राउको विरोधमा सोमबार देशभरका अड्डा अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका निवेदनमा बहस पैरवी समेत गरेको छैन ।
बारले कुटपिट प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक गर्न र लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ । असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आइतबार ३ घण्टा काम रोकेका थिए । लामिछानेविरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । यद्यपि, जिल्ला प्रशासनका कार्यालय ललितपुरले अधिवक्ता लामिछानेलाई आइतबार नै रिहा गर्ने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग
-
थाइल्यान्डमा यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम
-
ट्रम्पले भने, ‘नयाँ कर सबै देशहरूमा लागू हुनेछ’, एसियाली सेयर बजारमा गिरावट
-
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
-
सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले दोषीलाई कारवाही गर्छ : गृहमन्त्री लेखक
-
यस्तो छ ‘खेल’को ट्रेलर