हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरका लागि ६२ करोड रुपैयाँ बढीको आवेदन
सोमबार, १८ असार २०८०, १३ : ०१
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद (राइट सेयर) का लागि ६२ करोड रुपैयाँ बढीको आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमबार बिहान १० बजेसम्म कम्पनीको हकप्रदका लागि कूल ३९ हजार ४३३ आवेदकले ६२ लाख ६ हजार ५७ कित्ताका लागि ६२ करोड ६ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले जेठ २२ गतेदेखि एक सय रुपैयाँ अङ्कित १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता हकप्रद सेयर सेयरधनीहरुमा जारी गरेको थियो । असार २५ गतेसम्म जारी रहने कम्पनी राइट सेयरका लागि एक व्यक्तिले अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनाव : १२ वर्षमा सबैभन्दा कम मतदान
-
त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन