अर्थतन्त्र
२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार
सोमबार, १८ असार २०८०, १२ : ०४
![२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार](https://npcdn.ratopati.com/media/news/rastra-bank_3KsrL755YK.jpg)
काठमाडौँ । सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।
कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् आज दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा जलेर एक जनाको मृत्यु
-
च्याम्पियन्स ट्रफीअघि टोलीबाट बाहिरिए अफगानिस्तानका युवा स्पिनर
-
फागुन महिनामा कुन बैंकबाट कति पाइन्छ ब्याज ?
-
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
-
बागमती प्रदेश सभा : एउटा कानुन बनाउन डेढ करोडभन्दा बढी खर्च
-
क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा