शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लम्पी स्किन’ को महामारीमा सरकार रमिते बन्यो : नेकपा (माले)

सोमबार, १८ असार २०८०, ११ : २०
सोमबार, १८ असार २०८०

काठमाडौं । नेकपा(माले) ले गाइभैंसीमा देखिने लम्पी स्किन रोग ७६ वटा जिल्लामा फैलिएर महामारीको रुप लिँदा समेत सरकार रमिते भएर बसेको अरोप लगाएको छ ।  सो पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य कुमार बेलबासेले सोमबार विज्ञप्ति जारी गर्दै यो रोग ७६ वटा जिल्लामा फैलेर २५ हजार ४०८ वटा पशु मरिसकेका तथा ६ लाख ८२ हजार ८० वटा संक्रमित भएपनि सरकार रमिते भएर बसेको जनाएका हुन् । 

‘यस रोगबाट संक्रमित गाई–भैंसीको दूधमा ८० प्रतिशत सम्म ह्रास आउने पशु चिकित्सकहरू बताउँछन् । हालसम्म यसको संक्रमणबाट रु.३३ अर्ब ५१ करोड ४० लाख बराबरको नोक्सान भइसकेको एक अध्ययनले देखाएको छ’, नेकपा मालेले भनेको छ, ‘महामारीको चपेटामा परी घरपालुवा पशुहरूको क्षतिले पीडित किसानहरू अत्यन्तै मर्माहत बनेका छन् । यसरी  महामारीको असर परिरहँदा पनि सरकार रमिते बनिरहेको छ । हामी यस्तो सरकारी रवैयाको कडा बिरोध र भत्सर्ना गर्दछौं ।’

साथै नेकपा (माले) ले लम्पी स्किन रोगको उपचार तथा निराकरण गर्न एवम् किसानहरुलाई समुचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप