काठमाडौँका विद्यालयको छात्रवृत्ति छनोट परीक्षा महानगरपालिका आफैले गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।
मेयर बालेन्द्र शाहका अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।
‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गर्नेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले