संस्कृति इन्टरनेशनल स्कुलमा पहिलो फ्याब ल्याब
काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कुलले नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेशन ल्याबोरेटरीज) को उद्घाटन गरेको छ । उद्घाटन समारोहमा थ्रीडीआई स्कूल, न्यूजील्याण्डका एकाडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको उपस्थिति रहेको थियो ।
उनले यस प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्त्वपूर्ण कदमको रूपमा उल्लेख गरे । उद्घाटन लगत्तै नयाँ फ्याब ल्याबको प्रदर्शनी भ्रमण कार्यक्रम गरिएको थियो । कार्यक्रममा सरकारी अधिकारीहरू लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्यको उपस्थिति रहेको थियो भने वडा नं. १५ की शिक्षा विभाग प्रमुख मैया लक्ष्मी महर्जन र गीता माता स्रोत केन्द्र, वडा नं. १५ की स्रोत व्यक्ति डा।शर्मिला पोखरेलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय (केयू) का विद्यालयका प्रमुखहरू तथा अभिभावक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । फ्याब ल्याब अर्थात् फ्याब्रिकेशन ल्याबोरेटरीज यस्तो अत्याधुनिक प्रयोगशाला हो, जसले विद्यार्थीहरूलाई डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स, र अन्य धेरै क्षेत्रहरूको बारेमा विस्तृत रूपमा बुझ्न उपकरण र प्रविधिहरूमा पहुँच प्रदान गर्दछ ।
यस नयाँ फ्याब ल्याबको स्थापनासँगै संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इण्टर्डिसिप्लिनरी लर्निङ्गको अनुभवका साथै, सृजनात्मक, नवीनतम र समस्या समाधान गर्ने सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट