रघुवीर महासेठले भेटे उपेन्द्र यादवलाई, के भयो छलफल ?

काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उनकै पार्टी कार्यालयमा भेटेका छन् । कोशी प्रदेशमा सरकार ढली सकेको र अगामी सरकारका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सचिव महासेठले आइतबार अध्यक्ष यादवलाई भेटेको स्रोतले जनाएको छ ।
कोशी प्रदेशका पार्टी इन्चार्ज समेत रहेका महासेठले प्रदेशमा एमाले नेतृत्वमा सरकार गठनका लागि सहयोग माग्न यादवलाई भेटेको जसपा स्रोतको दाबी छ । महासेठले र यादवबीचको छलफलमा जसपा कोशी प्रदेश सांसद निर्मला लिम्बु र प्रदेश इन्चार्ज एवं कार्यकारिणी सदस्य रकम चोम्जोङ पनि सहभागी रहेको जनाइएको छ ।
भेटमा अध्यक्ष यादवले आफूहरू समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले एक्लै निर्णय लिन नसकिने महासेठलाई बताएका छन् । अध्यक्ष यादवले गठबन्धनमा निर्णय गरेर अगाडि बढ्ने भन्दै छलफल गरेर थप जानकारी दिने प्रतिक्रिया दिएको जसपा एक नेताले बताए ।
प्रदेश सांसद लिम्बुले पनि पार्टीले एक्लै निर्णय गर्ने भन्दा पनि गठबन्धनले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ