दीपेन्द्र र सन्दीप नायक बन्दा यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको मद्दतले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ । यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।
नेपालले खेलमा खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट भएका थिए । २९ रनमा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमायो । त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेल आउट हुँदासम्म टोलीले ६ विकेटको क्षतिमा मात्र ६३ रन बनाउन सकेको थियो । भुर्तेलले ३५ रन बनाउँदा रोहित पौडेल, भीम सार्की र आरिफ शेखले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् ।
गुल्सन झा पनि १२ रन बनाएर आउट भएपछि नेपाल ७ विकेटको क्षतिमा १०६ रनको खराब स्थितिमा रहेको थियो । त्यसपछि भने ऐरीले लामिछानेसँग मिलेर नेपालको इनिङ्सलाई सम्हाल्दै टोलीलाई जीतसम्म डोर्याए । ऐरीले सर्वाधिक ७९ रन बनाए भने लामिछानेले २३ रन बनाए । प्लेयर अफ द म्याच चुनिएका दीपेन्द्रले ८५ बलको सामना गर्दै ७ चौका र दुई छक्का हिर्काए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । यूएईका लागि कप्तान भृतिया अरविन्दले सर्वाधिक ४४ रनको योगदान दिए । रोहन मुस्तफाले ३५ तथा बसिल हमिदले २९ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । त्यस्तै प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि नै विश्वकप छनोटको होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । अब नेपालले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछन् ।
यसैगरी यूएईले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाब्वेमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी