अशक्तको सशक्त काम : हात गुमाए, हिम्मत गुमाएनन्
तेजेन्द्र के.सी.
बुटवल–बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा पेट्रोल पम्प र आश्रय मोटर साइकल रिकिन्डिसनको बीचमा तीनतले घर छ ।
घरको अगाडि केही इँटा र बालुवाको थुपै राखिएको छ ।
बालुवा र इँटा बोक्ने काम एक अधवैँसे व्यक्तिले धमाधम गरेका छन् ।
इँटा निकै फूर्तिसाथ माथिल्लो तलमा पुर्याउँछन् ।
भकाभक इँटा उठाउने अनि माथिल्लो तलामा पुर्याउने काम निकै फूर्तिसाथ गरेको हेर्न केही मान्छे जम्मा भए थिए ।
मान्छेले इँटा बोक्ने व्यक्तिको एउटा हात नभएपछि इँटा धमाधमा बोकेको भन्दै हेर्दैको भीडमा म पनि पसेँ ।
उनको कर्मले अरूलाई प्रेरणा दिन्थ्यो ।
मलाई पनि लाग्यो ।
उनी कामको हतारमा थिए ।
हाफ पाइन्ट, टिसर्ट र कालो टोपी लगाएका ४४ वर्षीय प्रेम सुनारको दाहिने हातको कुहिनाबाट काटिएको छ ।
स्पष्ट बोल्न पनि सक्दैनन् ।
एक खेप इँटा माथिल्लो तलमा पुराएपछि नजिकैको चिया पसलमा केही बेर कुराकानी गर्न तयार बने ।
पाल्पा पोखराथोक घर भएका प्रेमबहादुर सुनारका आफन्त २०५४ सालमा दिल्लीबाट आउँदै थिए ।
सुनार आफन्तले आग्रह गरेपछि बुटवलबाट भैरहवा जाने लु १ ख ९०९ नम्बरको बस चढे ।
बस भैरहवा नपुग्दै रुपन्देहीको भलबारीमा दुर्घटना भयो ।
दुर्घटनामा उनीसहित १२ जना घाइते भए ।
लुम्बिनी अञ्चल अस्पताल बुटवल र पाल्पाको मिसन अस्पतालमा ४५ दिनको उपचारपछि घर फर्के ।
घर जाँदा अपाङ्ग बने ।
दुर्घटनापछि उनको दाहिने हात कुहिनाबाट काटियो ।
बोली आजीवन अस्पष्ट भयो ।
काठको मिस्त्री काम गर्ने सुनारलाई बस दुर्घटनाले जिगन्दीको अर्को मोडमा ल्याइदियो ।
पाल्पामा काठको मिस्त्री कामँसगै सानो फर्निचर उद्योग समेत चलाएका थिए उनले ।
अब त्यो अवस्था रहेन, दाहिने हात कुहिनाबाट काटियो ।
अनि बोली पनि स्पष्ट भएन ।
मिस्त्री काम पनि छाड्नु पर्यो ।
केही समय घरमै बसे ।
तर, सधैँ घरमा बस्न मनले मानेन, अर्कोतिर आर्थिक अवस्थाले पुग्दैन्थ्यो ।
केही काम पाइने आशले ५६ सालतिर बुटवलम झरे ।
तर, श्रीमतीलाई विश्वास लागेन
बुटवल झरेपछि के गर्ने ?
पढाइ लेखाइ खासै छैन ।
कक्षा ३ सम्म पढेका सुनारको उद्योग व्यपार गर्नका लागि पैसा पनि थिएन ।
बुटवलमा खालि बसेर पनि भएन ।
सुरुमा रिक्सा चलाउने मनसाय बनाए ।
‘रिक्सा चलाउन सक्छ भन्ने अरू कसैलाई विस्वास थिएन’ उनले सम्झिए ।
रिक्सा धनीले पनि रिक्सा भाडामा दिन आनाकानी गरे ।
रिक्सा चलाउन साहूले पनि नपत्याउने, घरमा श्रीमतीले पनि नपत्याउने ।
उनलाई निकै निरासा बनायो ।
उनी आफुलाई रिक्सा चलाउन कुनै अप्ठ्यारो लाग्दैथ्यो ।
तर अरूले पत्ताउदैनथे ।
साहूले नदिए पनि साथीले रिक्सा दिए ।
तीन दिन चलाएपछि रिक्सा घनीको मन पनि बदलियो ।
घरमै आएर चलाएर खाऊ भन्दै रिक्सा दिए ।
अनि श्रीमती पनि खुसी भइन् ।
रिक्सा चलाउँदा भाडाबापत ५० रुपियाँ दिन्थे र वाँकी पैसा आफै राख्थे ।
कमाइ दिनको ३ देखि ४ सयसम्म हुन्थ्यो ।
काठको मिस्त्री काम बुटवलमा जता पनि पाइथ्यो ।
तर दुवै हात नहुँदा मिस्त्री काम सम्भव भएन ।
बाध्यताले रिक्सा चलाउन थालेका हुन् ।
रिक्सा चलाउँदा पनि आम्दानी ठिकै भयो ।
जब बुटवलमा अटो रिक्सा भित्रिए ।
उनले चलाउने पैदल रिक्साका ग्राहक घटे ।
उनको कमाइ पनि सुक्यो ।
६ जनाको परिवार पाल्न कठिन भयो ।
सपछि इँटा बोक्ने र बालुवा बोक्ने काम थाले ।
इँटा बोक्न काटिएको हातले कुनै अठ्यारो पारेको छैन ।
एक ट्रली ट्याकरको इँटा माथिल्लो तलमा पुराउन १५ सय रुपियाँ माग्छन् ।
बालुवाको पनि उस्तै मुल्य छ ।
जब ठेकेदारसँग काम गर्ने समझदारी हुन्छ ।
बिहानै ६ बजेदेखि लाग्छन्, साँझसम्म काम पूरा गरेका हुन्छन् ।
‘१२-१५ सय रुपियाँ दिनमा कमाउन केही गाह्रो हुँदैन् ।’ उनले भने ।
उनले भने ‘बिहानै आउँछु, साँझसम्म काम गरेर घर जाँदा एक ट्याक्टरको इँटा बोक्न सकिन्छ ।’
ठेकेदारले फोन गरेर बोलाउँछन् ।
छोरी क्यापस पढाउँछन्
बुटवल ११ देवीनगरको झोलुङ्गे पुल नजिकै सुनारको घर छ ।
१८ हात मोहडा १८ हात पिछाड भएको एक तले घर छ ।
तीनवटा कोठा छन् । एउटा सानो किचन पनि छ ।
जहाँ उनीसहित ६ जनाको परिवार बस्छ ।
श्रीमती दुई छोरी, एक छोरा त्यही घरमा बस्छन् ।
एक छोरा रोजगारीका लागि भारत पुगेका छन् ।
बुटवलको देवीनगरस्थित प्रगति नगरमा अपाङ्ग आश्रम छ ।
उनलाई त्यहाँ बस्न मन पर्दैन ।
भन्छन्, आफ्नो श्रम र जागर बेचेर इज्जतका साथ बस्दाको मज्जा बैग्लै हुन्छ ।’
छोरीहरूले चाहेजति पढाउन पाउनु नै सबैभन्दा खुशी भएको बताए ।
उनकी जेठीछोरी बुटवल बहुमुखी क्यापसमा बीए दोस्रो वर्ष अध्ययन गछिन् ।
एउटा छोरी कान्ती सामुदायिक विद्यालयमा अध्ययनरत छिन् ।
एक छोरा रोजगारीको सिलसिलमा भारत छन् ।
श्रीमती घरमै छन् ।
छोरीलाई पढाइ खर्च गर्न कहिल्यै मन नखुम्च्याइएको उनले बताए ।
अपाङ्ग कार्ड प्रयोगविहीन
बस दुर्घटनामा अपाङ्ग बनेपछि कार्ड बनाउन उनले चासो देखाएन् ।
सरकारले अपाङ्गलाई ४ बटा कार्ड लागू गरेको छ ।
रातो, निलो, पहलो अनि सेतो ।
रातो कार्ड प्रयोग गर्दा मासिक २ हजार भत्ता, स्वास्थ्य उपचार छुट, सार्वजनिक यातायताम छुट छ ।
आपङ्ग भएको धेरै वर्ष पछि अरूको आग्रहमा सेतो कार्ड बनाएका छन् ।
तर, प्रयोग कहिल्यै गरेका छैन् ।
बसमा कतै जादाँ कार्ड देखाएर भन्दा पैसा नै दिएर जाने गरेको बताए ।
कार्ड देखाए पनि बसमा, अस्पतालमा छुट दिन निकै आनाकानी गर्ने हँुदा माग्न मन नलाग्ने खुलाए ।
‘छुट माग्दा कहाँ दिने अनेक कुरा गर्छन् । त्योभन्दा खुरुक्क पौसा दियो, टन्टै साफ ।’ उनले भने ।
अपङ्ग भएकालाई उनले भने, ‘किन रकम छुट माग्ने ? पैसा तिर्न नसक्ने बस किन चढ्ने ?’
अरू साथीहरूसँग मागेर जानुपर्ने बताउँछन् ।
उनले काम गर्दा ठेकेदारलाई अपाङ्गलाई नहेप्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन