ललिता निवास प्रकरण
ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ
आइतबार, १७ असार २०८०, २२ : ५८

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ । ब्युरोका एक अधिकृतले रातोपाटीलाई दिएको जानकारी अनुसार तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको हो ।
सरकारी लिखत किर्ते मुद्दामा उनीहरूलाई पक्राउ गरिएको ती अधिकारीले जानकारी दिए । ब्युरोले यसअघि ४ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या ७ पुगेको छ ।