यो हो सर्वाधिक महँगो गाई, मूल्य ५६ करोड रुपैयाँ

साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना–१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४.३ मिलियन डलर (५६ करोड रुपैयाँ बढी) तोकिएको छ ।
गाईको एक तिहाइ स्वामित्व हालै ब्राजिलको अरान्डुमा भएको लिलामीमा १.४४ मिलियन डलरमा बेचिएको छ । यो गाईलाई गत वर्ष नै संसारको सबैभन्दा महँगो गाईको नाम दिइएको थियो । त्यति बेला यसको आधा स्वामित्व लगभग ८ लाख डलरमा लिलामी गरिएको थियो । त्यस बेला पनि यो ऐतिहासिक मूल्य नै थियो । यो रेकर्ड ब्रेक गर्ने कारोबारले नरोल जातको गाईबस्तुको उच्च मागको सङ्केत गर्दछ ।
नरोल जातको गाई भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको नामबाट नामकरण गरिएको हो । यसको निकै उत्कृष्ट मेटाबोलिजम हुन्छ । निकै कम खानामा पनि यो बाँच्न सक्छ । यसको छाला असाध्यै बलियो र बाक्लो हुने भएकोले सङ्क्रमणबाट पनि सजिलै जोगिन सक्छ । यसको छालामा किराहरूले टोक्न सक्दैनन् । यसको प्रजनन पनि निकै सजिलै हुन्छ । यो जातको गाईको शारीरिक बनावट प्रजननको हिसाबले निकै राम्रो छ । यसको बाछो हुर्काउन मानिसको खासै सहयोग चाहिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन