भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको घट्यो

काठमाडौँ । भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।
यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ । निगमकाअनुसार हाल सबैभन्दा धेरै नाफा बाह्यतर्फको हवाई इन्धनमा छ । बाह्यतर्फको हवाई इन्धनमा ५७ रुपैयाँ नाफा छ । यसपछि आन्तरिक हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ । यस्तै, डिजेलमा १३ रुपैयाँ प्रतिलिटर नाफा हुँदा पेट्रोलमा १२ रुपैयाँ नाफा छ । यसका साथै, मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा हुँदा एलपी ग्यासमा समेत प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान
-
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)