धरानका मेयर हर्क साम्पाङ सम्मानित
आइतबार, १७ असार २०८०, १६ : ४५

धरान । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ । मेयर साम्पाङले यही श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लन्डन’ले कदर गर्दै सम्मान गरेको हो ।
शुक्रबार धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा उक्त कदर पत्र हस्तान्तरण गरिएको थियो । कदरपत्र पाएपछि प्रफुल्लित हुँदै मेयर हर्क साम्पाङले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मूल्याङ्कन हुँदा अझै काम गर्ने जोस थपिने बताउँदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य