२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार
आइतबार, १७ असार २०८०, १६ : ३३

काठमाडौँ । सरकारले आगामी असार १९ गते २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।
यद्यपि, कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन
-
नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व
-
प्रतिनिधिसभा बैठक बस्दै, सरकारले ल्याएको पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने