उद्धारका लागि तयारी अवस्थामा रहन प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
_ZWvZRVuG3T.jpg)
गोरखा । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धीकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरूले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिबद्ध रही काम गर्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरूसँगको समन्वयमा स्रोत साधनहरूको व्यवस्थापन सहित प्रहरी कर्मचारीहरूले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसा लगायतका घटना घटेमा तीव्र अनुसन्धान पहल गर्नुका साथै अन्य मुद्दाका फैसला कार्यान्वयन र फरार अपराधीहरूको पक्राउ, पेन्डिङ् मुद्दाहरूको फर्छ्यौटप्रति कार्यालय प्रमुखहरू थप क्रियाशील रहन उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूले संगठनका नीति, निर्देशिका र प्राथमिकतालाई अर्जुनदृष्टि बनाएर व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मले कार्यरत रहँदै सेवाग्राहीहरूलाई नागरिकमैत्री व्यवहारका साथ उत्कृष्ट सेवा दिनुपर्नेमा जोड दिए । कानुनको निष्पक्ष कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मिठो बोली, वचन र व्यवहारका साथ सेवा गर्ने व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा सबुत प्रमाणको खोजी गर्नुपर्ने, लिखितममा मेहनत गर्ने, पीडितहरू सँगको भेटघाट, उनीहरूको सुरक्षा र घटनाको फलोअप नियमित गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध