नेपालले यूएईको छैटौं विकेट लियो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को छैटौं विकेट लिएको छ । यूएईको छैटौं विकेटका रुपमा बासिल हमिद पेभेलियन फर्किएका हुन् ।
उनको विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले बासिललाई २९ रनको व्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका हुन् । बासिल आउट हुँदा यूएईले एक सय ५९ रन बनाएको थियो ।
त्यसअघि करण केसीले यूएईको पाँचौं विकेटका रुपमा रोहन मुस्तफालाई आउट गराएका थिए । ३५ रन बनाएका रोहनलाई करणले अर्जुन साउदमार्फत क्याच गराएका हुन् । रोहनले ५६ बलको सामना गरी तीन चौका हिर्काएका थिए । रोहन आउट हुँदा यूएईले एक सय ५५ रन बनाएको थियो ।
त्यसअघि यूएईको चौथो विकेट गुल्सन झाले लिएका थिए । उनले यूएईका कप्तान वृत्य अरविन्दको विकेट लिएका हुन् । गुल्सनले अरविन्दलाई ४४ रनमा बोल्ड गरेका थिए । ७५ बलमा चार चौका प्रहार गरेका अरविन्द आउट हुँदा यूएईले ९७ रन बनाएको थियो ।
त्यसअघि स्पिरन सन्दीप लामिछानेले यूएईको तेस्रो विकेट लिएका थिए । उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान रमिज सहजादलाई १० रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । रमिज आउट हुँदा यूएईले ८५ रन बनाएको थियो ।
त्यसअघि सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका थिए । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई २८ रनको व्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराए । आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।
त्यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेको थिएन ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछ ।
यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्घको खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १०औं वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूद्वारा पशुपति दर्शन
-
नो केबलकार पक्षले अहिलेको सरकारी टोलीसँग वार्ता नगर्ने
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर