डेढ बजेसम्म कर्मचारीका कारण प्रभावित भएको न्यायालयमा अढाई बजेदेखि वकिलका कारण बहस ठप्प
आइतबार, १७ असार २०८०, १४ : ४७

काठमाडौँ । आइतबार न्यायसेवाका कर्मचारीहरुले डेढ बजेसम्म ‘पेन डाउन’ गर्दा प्रभावित भएको न्यायालय दिउँसो साढे दुई बजेदेखि कानुन व्यवसायीका कारण प्रभावित भएको छ ।
कानुन व्यवसायीहरुले आइतबार साढे दुई बजेपछि देशभरका अदालतमा बहस नगर्ने घोषणा गरेका छन् । जसका कारण अदालतमा बहस प्रभावित हुने भएको हो ।
गत बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको घटनापछि अदालत प्रशासनका कर्मचारी र कानुन व्यवसायी एक अर्काको विरोधमा कार्यक्रमसहित उत्रिएका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी लामिछानेमाथि गलत ढंगले कारबाही गर्न खोजिएको बताउँदै आइतबार साढे दुई बजेदेखि देशभरका अदालतमा कानुन व्यवसायीले बहस नगर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने