सन्दीपले लिए यूएईको दोस्रो विकेट

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । स्पिरन सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका हुन् । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराए । आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।
त्यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेको थिएन ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछ ।
यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्घको खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १० औं वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण : संसदीय छानबिन गर्न तीन दलको माग
-
अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका
-
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री
-
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
-
सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध सडकमा प्रेस सेन्टर
-
अपडेटः ४ जना विदेशीले मलद्वारमा लुकाएर ल्याएका थिए सुन