भाइरल पोस्टबारे वायुसेवा निगमको प्रष्टीकरण : यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै गरेको पाइएन

काठमाडौँ । दक्षिण कोरियाबाट आउँदा आफ्नो सामान हराएको दाबी गर्दै सामाजिक सञ्जालमा गुनासो गरेका दामु दाइ भन्ने छविलाल भण्डारीले सोबारे सम्बन्धित एयरलाइन्ससँग दाबी/रिपोर्ट नै नगरेको पाइएको नेपाल वायुसेना निगमले प्रस्ट पारेको छ । भण्डारीले यसबारे सामाजिक सञ्जालमा गरेको गुनासोसम्बन्धी पोस्ट भाइरल भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमेतले चासो व्यक्त गरेका थिए ।
निगमका सह–प्रवक्ता गणेश कुमार घिमिरेका अनुसार मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिएको निर्देशनअनुसार आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्सबाट गत असार १५ गते यात्रा गरेको तर ब्यागेज हराएको सम्बन्धमा नियमअनुसार ब्यागेज क्लेम डेस्कमा सम्बन्धित एयरलाइन्ससँग दाबी वा रिपोर्ट नगरेको पाइएको छ । यसबारे स्वयम् यात्रुले नै सामाजिक सञ्जालबाटै ब्यागेज भेटिएको जानकारी गराएको निगमको भनाई छ ।
साथै २ वटा मोबाइल ल्याएबापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्रअन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गत पर्ने स्पष्ट पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु