मुथु राजा : श्रीलङ्काबाट थाइल्यान्ड फर्कियो २९ वर्षीय हात्ती, तर किन ?

श्रीलङ्काले दुई दशकअघि थाइल्यान्डको शाही परिवारबाट उपहारस्वरूप प्राप्त गरेको हात्ती घर पठाएको छ । थाइल्यान्डमा ‘साक सुरिन’ भनेर चिनिने ‘मुथु राजा’ अहिले २९ वर्षको भइसकेको छ ।
थाइल्यान्डले यो हात्तीमाथि गरिने दुर्व्यवहारका लागि गुनासो पोखेपछि श्रीलङ्काको सरकारले यसलाई फिर्ता पठाइदिने निर्णय गरेको छ । दक्षिणी श्रीलङ्काको बौद्ध मन्दिरमा बस्ने मुथु राजालाई यातना दिइने भएकोले यो हात्ती आफूलाई फिर्ता गरिनुपर्ने थाइल्यान्डले जनाएको थियो ।
चार टन वजनको मुथु राजालाई कोलम्बो विमानस्थलमा ल्याइएको थियो जहाँबाट चार्टर कार्गो प्लेनमार्फत लगिएको थियो । उनीसँगै हात्तीको हेरचाह गर्ने र पशु चिकित्सक पनि थिए ।
मुथु राजा स्वदेश फर्कन ७ लाख डलर लागत अनुमान गरिएको छ, जुन थाइल्यान्ड सरकारले व्यहोर्ने छ ।
साथै, यसको चिकित्सा हेरचाह र खानपिनको व्यवस्था श्रीलङ्कामा हुनेछ ।
श्रीलङ्कामा पशु अधिकारका लागि काम गर्ने कार्यकर्ताहरूले मुथु राजलाई दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न
-
राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव