मूलपानीकी प्रगति र हेटौँडाकी माधवीलाई स्वर्ण

काठमाडौँ । मूलपानी तेक्वान्दो डोजाङकी प्रगति कुइकेलले पाँचौँ नेकोस खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । काटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ३८ केजी तौल समूहको फाइनलमा प्रगतिले चन्द्रागिरिकी शेली गुरुङलाई पराजित गरिन् । काटेश्वरकी अन्सु योञ्जन र सुसंस्कारकी म्यारिका शाह तेस्रो भए ।
नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको महिला २१ केजी तौल समूहमा सुन्दरीमाईकी पुनम घिमिरे, २८ केजीमा नवजीवनकी रोशनी आचार्य, ४६ केजीमा चन्द्रागिरिकी खुस्बु लिम्बू, ५२ केजीमा कोटेश्वरकी रिमा खत्री, २४ केजीमा हेटौँडाकी माधवी घलान, ३३ केजीमा कोटेश्वरकी सुरक्षा केसी, ४३ केजीमा सुशंस्कारकी सुमिना वाइबा र ४९ केजीमा कोटेश्वरकी इसिका रानाले पहिलो स्थान हासिल गरे ।
पुरुष २२ केजी तौल समूहमा रिब्सका रिदम तामाङ, २५ केजीमा सुनसरीका प्रज्ज्वल तामाङ, ३१ केजीमा चन्द्रागिरीका समिर ठाकुर, २८ केजीमा सुन्दरीमाइका विशाल तामाङ र ३४ केजीमा मूलपानीका भिजन तामाङले स्वर्ण जिते ।
प्रतियोगिता मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो । प्रतियोगितामा गेरोगीतर्फ २० र पुम्सेतर्फ दुई गरी कूल २२ स्वर्ण पदकका लागि ३१ वटा डोजाङका तीन सय ७५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म