मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

फ्रान्समा प्रहरीको गोलीले मारिएका किशोरको पाँच दिनपछि गरियो अन्तिम संस्कार

आइतबार, १७ असार २०८०, ०७ : १५
आइतबार, १७ असार २०८०

पेरिस । फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ । 

नाहेलको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा युवाहरूको सहभागिता थियो  । मिडिया रिपोर्टका अनुसार सयौँ युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए । यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दङ्गा भइरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपर मार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाइरहेका छन् । साथै सयौँ सवारी साधनमा आगजनी गरिएको छ । 

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दङ्गामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप