यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, मधेसमा हावाहुरी चल्ने
आइतबार, १७ असार २०८०, ०६ : ०५
![यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, मधेसमा हावाहुरी चल्ने](https://npcdn.ratopati.com/media/news/rain-raining-weather_ivbruphf7e_3xwQJgwLqa.jpg)
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह