महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता
शनिबार, १६ असार २०८०, २२ : ०८

दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त पुरुष बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले बताए । पुरुष हाम फालेको ठाउँमा चप्पल मात्रै फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी