वेस्ट इन्डिज विश्वकपबाट बाहिर, स्कटल्याण्डसँग ७ विकेटले पराजित

जिम्बाब्वे । विश्वकप छनोट अन्तर्गतको खेलमा स्कटल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । यो हारसँगै वेस्ट इन्डिजको टोली विश्वकप २०२३ को दौडबाट बाहिरिएको छ । सुपर ६ राउण्डको खेलमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली १८१ रनमा अलआउट भयो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४५ रनको योगदान दिए । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ३ विकेट लिए । १८२ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डको टोलीको सुरुवात राम्रो हुन सकेन र ओपनर क्रिस्टोफर म्याकब्राइड खाता नखोल्दै आउट भए ।
त्यसपछि विकेटकिपर ब्याट्सम्यान म्याथ्यु क्रस र अलराउन्डर ब्रान्डन म्याकमुलनले इनिङ्सलाई सम्हालेका थिए। म्याकमुलनले ६९ रनको इनिङ खेले भने क्रसले ७४ रन बनाउँदै अविजित रहे । ब्रेन्डन म्याकमुलन आफ्नो अलराउन्ड प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार