मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

फ्रान्समा तनाव : २३ वर्षपछि हुन लागेको फ्रेन्च राष्ट्रपतिको जर्मनीको भ्रमण स्थगित

शनिबार, १६ असार २०८०, १९ : ४२
शनिबार, १६ असार २०८०

पेरिस । प्रहरीद्वारा १७ वर्षीय किशोरको हत्या गरेको विरोधमा भइरहेका प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जर्मनीको भ्रमण स्थगित गरेका छन् । म्याक्रोँ आइतबारदेखि मंगलबारसम्म जर्मनीको राजकीय भ्रमणमा जाने तयारी गरेका थिए ।

कुनै पनि फ्रान्सका राष्ट्रपतिले पछिल्ला २३ वर्षमा जर्मनीको राजकीय भ्रमण गर्न लागेको यो पहिलो अवसर थियो । जर्मनीको राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोँले जर्मनीका राष्ट्रपति फ्रांक वाल्टरलाई आफ्नो देशको स्थितिको बारेमा जानकारी गराउँदै भ्रमण हाललाई स्थगित गर्न आग्रह गरेका थिए । कार्यालयका अनुसार भ्रमणको नयाँ मिति तय गरिएको छैन ।

हत्याको विरोधमा देशभर हिंसात्मक प्रदर्शनहरु भइरहेका छन् । देशका विभिन्न सहरमा आगजनी र लुटपाटका खबरहरु आएका छन् । गत मंगलबार किशोरको हत्यापछि सुरु भएको प्रदर्शनमा प्रहरीले देशभरबाट १३ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप