शिक्षा ऐन जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन
शनिबार, १६ असार २०८०, १८ : २५
काठमाडौँ । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दै उनीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ । प्रदर्शनमा सहभागीहरूले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोइ ? शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर, लगाoतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा एटलेटिको र भियारियालको सहज जित
-
इस्पानियोलसँग हार्यो रियाल मड्रिड
-
ब्राइटनको पोष्टमा नटिङघमको गोल वर्षा, क्रिस उडले गरे ह्याट्रिक
-
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म