ओबामाको घर नजिकै शंकास्पद व्यक्ति पक्राउ, विस्फोटक पदार्थ बरामद

न्युर्योक । पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।
अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरिएका हालै सार्बजनिक गरिएको हो । सीबीएस न्यूजको रिपोर्टमा भनिएको छ, ‘गुप्तचरहरूले टारान्टोलाई ओबामाको घर नजिकै देखे र उनलाई पछ्याउन थाले। टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नुअघि नै उनलाई पक्राउ गरियो।’
गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान नजिकै पार्क गरिएको भेट्टाए, जसमा धेरै हतियार र विस्फोटक सामग्रीहरू थिए । यद्यपि, सीबीएस न्यूजले रिपोर्ट गरे अनुसार ती सामग्री एसेम्बल भने गरिएको थिएन ।
टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिविरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।
खासमा उनीविरुद्ध २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पुर्जीसमेत जारी भएको छ ।
अधिकारीहरूले ओबामाको छिमेकमा टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखिन्थे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष