नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी : पूर्वसभामुख सापकोटा

काठमाडौँ । पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एक अर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताए ।
उनले भनने, ‘कमिसन, अहिले बिचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एक अर्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श, हामी कतातिर गइरहेका छौँ । अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ । लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो । लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान् सिद्धान्त हो । त्यसका लागि पार्टीहरू प्रतिबद्ध भएको मैले देखिनँ ।’
पूर्वसभामुख सापकोटाले कुनै पनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताए । उनले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह
-
भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो
-
मातातिर्थ औँसीका दिन गुरु आमाहरूलाई कुटेर सरकारले राम्रो काम गरेन : सांसद सेजुवाल