हेटौँडाको बजेट पारित
![हेटौँडाको बजेट पारित](https://npcdn.ratopati.com/media/news/hetauda-budget_gKr3P5VTD5.jpg)
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । शनिबार बसेको हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँ बजेट पारित गरेको हो ।
उपमहानगरपालिकाले गत असार २ गतेको नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट रु. १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो ।
नगरसभाले आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरसभाले २०७९/०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकाश प्राप्त कर्मचारीको उपदान, बिदा तथा औषधोपचार खर्चको अनुमोदनसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता