एप्पलको बजार पुँजी तीन ट्रिलियन डलर नाघ्यो

न्युयोर्क । विश्वको अग्रणी प्रविधि कम्पनी एप्पलको बजार मूल्य अहिले तीन ट्रिलियन (तीन लाख करोड) डलर नाघेको छ । यसरी एप्पल बजार पुँजीकरण तीन ट्रिलियन डलरभन्दा बढी हुने विश्वको पहिलो कम्पनी बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार एप्पलको शेयरमा २.३ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार यसको मूल्य १९३.९७ डलर पुगेको थियो।
यो उछालका कारण एप्पलको बजार पुँजीकरण ३.०४ ट्रिलियन डलर नाघेको छ । भर्चुअल रियालिटीमा प्रयोग हुने नयाँ उत्पादन ‘भिजन प्रो’ पछिल्लो समय कम्पनीको सेयर मूल्य बढ्नुको कारण हो । यसअघि गत वर्ष जनवरीमा कम्पनीको मूल्य तीन खर्ब डलर नाघेको थियो । यद्यपि बजार बन्द हुँदा यो स्तर तल गएको थियो । त्यसपछि कम्पनीको सेयर निरन्तर ओरालो लागेको थियो । यस वर्षको सुरुमा एप्पलको बजार पुँजीकरण दुई ट्रिलियन डलरमा झरेको थियो । एप्पल कम्पनीको स्थापना अप्रिल १, १९७६ मा स्टीव वोज्नियाक र रोनाल्ड वेनले स्टिभ जब्सले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन