मेलम्ची खानेपानी सहज रूपमा वितरण गर्न खुमलटार क्षेत्रका बासिन्दाको माग (तस्बिरहरू)
_HGm0YpzZG0.jpg)
ललितपुर । ललितपुरको खुमलटारस्थित मेलम्ची खानेपानी रिजर्भ ट्यांकी प्रभावित क्षेत्रका बासिन्दाले सहज रुपमा पानी वितरण गर्न माग गरेका छन् । शनिवार खानेपानी संघर्ष समितिको आयोजना भएको बृहत अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।
कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र राय यादव, ललितपुर महानगरपालिका प्रमुख, उपप्रमुख, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आफ्नै ठाउँमा रिजर्भ टयाङ्की बनेपनि पानी खान नपाएको गुनासो गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर १४, १५, २३ र २६ का मेलम्ची रिजर्भ ट्याङ्की प्रभावित क्षेत्रका वासिन्दाले संघर्ष समिति निर्माण गरी सहज रुपमा पानी वितरण गर्न माग गर्दै आएका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण