आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
खानतलासी

बाराबाट २ सय ६२ केजी गाँजा बरामद, भारत लैजान लागेको आशङ्का

शनिबार, १६ असार २०८०, १२ : २०
शनिबार, १६ असार २०८०

काठमाडौँ । बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।

सुराकको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।

बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ट्रक चालक र धनीको खोजी भइरहेको एसपी बोगटीले जानकारी दिए । गाँजा तस्करले सो गाँजा  भारत तर्फ लैजान लागेको आशङ्का गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप