हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छिन् । महिला संघको २२ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको प्रतियोगितामा बुढाले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा २१ किलोमिटर दुरी पार गरि प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा नेपाल एपीएफ क्लवकी बिन्दाधन्के श्रेष्ठले दोश्रो स्थान हासिल गरेकी छन् भने त्रिभुनव आर्मी क्लवकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले तेश्रो स्थान हासिल गरेकी छन् । त्यस्तै एपीएफ क्लवकी आशा राउत चौथो, नेपाल पुलिस क्लवकी सुमित्रा चौधरीले पाँचौ स्थान हासिल गरेकी छन् ।
प्रतियोगितामा प्रथम हुने बुढाले १ लाख रुपैयाँ, दोश्रो हुने श्रेष्ठले ७५ हजार रुपैयाँ तथा तेस्रो हुने न्यौपानेले ५० हजार रुपैयाँ जितेका छन् । साथै चौथो हुने राउतले २५ हजार रुपैयाँ र पाचौं हुने चौधरीले १५ हजार रुपैयाँ जितेकी छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन गरेको सो प्रतियोगिता सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकको रंगशालाबाट सुरु भएको थियो ।
प्रधान कार्यालयबाट सुरु भएको म्याराथन स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो । उपाधी हासिल गर्ने धावकहरुलाई असार १७ गते आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । छैठौं देखि दशौं स्थान हासिल गरेका धावकहरुलाई भने आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लवका लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरु गरी ४२ जना महिलाहरुको सहभागिता रहेको एपीएएफ प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी