शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : नयाँ सरकार गठनका लागि आइतबार आव्हान हुने

शनिबार, १६ असार २०८०, ०९ : २१
शनिबार, १६ असार २०८०

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रिया अझै सुरु भएको छैन । प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा रहेको कारण आइतबार मात्रै सरकार गठनको आव्हान हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानुनी परामर्शमा हुनुहुन्छ,’ प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘आइतबार आव्हान हुन्छ होला ।’

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव हिजोको प्रदेशसभाबाट फेल भएको थियो । संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।

उता, विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको कारण सोही अनुसार सरकार गठन हुनुपर्ने बताइरहेका छन् । यस विषयमा शुक्रबार दुवैपक्षले छुट्टा–छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप