भुवनलाई दीर्घसाधना सम्मान, रोहितले पाए वेष्ट एक्टर जुरी अवार्ड
काठमाडौँ । पहिलो चलचित्र ‘आमा’की अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सकिएको छ ।
सांस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको फेष्टिवलको समापन शुक्रबार भएको थियो । समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई अवार्ड प्रदान गरियो ।
अवार्डमा आर्यन सिग्देल, प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरे । फेष्टिवलमा सिग्देलले चलचित्र ‘डिडेम्बर फल्स’ र कार्कीले चलचित्र ‘बगान’बाट उक्त अवार्ड प्राप्त गरे ।
त्यस्तै चलचित्र ‘लाखे’बाट सम्राट् बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशक, सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गर्दा चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड विकास सुवेदीले प्राप्त गरे । सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड समीर मियाले पाए ।
यस्तै फिचर फिल्म तर्फको जुरी अवार्ड चलचित्र नम्बरी सुनले पायो भने, फिचर फिल्म निर्देशक तर्फको जुरी अवार्ड चलचित्र डेशानबाट कमल एक्चै मगर र वेष्ट एक्टर जुरी अवार्ड चलचित्र लाखेबाट रोहित रुम्बाले हात पारे ।
उत्कृष्ट सर्ट फिल्मको अवार्ड ऐनाले प्राप्त ग¥यो भने बेष्ट तामाङ फिल्मको अवार्ड आप्लेङ ला नाम्साबाट शेखर लामाले लिए ।
यस्तै वेष्ट भोजपुरी फिल्मको अवार्ड मधेसी पुत्र २ ले प्राप्त गर्दा, मैथली फिल्म समय के खेलाबाट विक्रम गुप्ताले अवार्ड हात पारे ।
त्यसैगरी नेपाल भाषाको फिल्म अवार्ड रोजिन महर्जनले चलचित्र उच्च शिक्षाबाट प्राप्त गर्दा उत्कृष्ट चलचित्र पत्रकारको अवार्ड कुबेर राज गिरी र उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेलले लिए ।
समारोहमा विभिन्न विधामा उत्कृष्ट योगदान दिएका कलाकर्मीहरुलाई सम्मान गरियो । जसमा निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दिपक विहीन, चलचित्र पत्रकार सचित खड्का, लोकगायक रामकुमार नेपाली र लोकगायक अमृत भारतीले समेत सम्मान प्राप्त गरे ।
निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीमा चलचित्र पत्रकार बिजयरत्न तुलाधर, चलचित्र पत्रकार विष्णु सुवेदी, लोकगायक कुलेन्द्र विश्वकर्मा, गायक शिव परियार, मेकअप आर्टिष्ट विक्रम गौतम, सञ्चारकर्मी दिर्घराज उपाध्याय, सञ्चारकर्मी कमलनाथ अधिकारी र फिल्म अर्काइभिष्ट चिरञ्जिवी गुरागाईँ रहेका थिए । निर्णायक समितिले अफिसियल सेलेक्सनमा परेका चलचित्रहरुबाट विभिन्न मापदण्डका आधारमा उत्कृष्टको टुङ्गो लगाएको संयोजक खरेलले बताए ।
आयोजक संस्था पावर नेपाल इन्टरनेशनल मिडिया नेपालका सल्लाहकार शान्तिप्रियको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वरिष्ठ संगीतकार सम्भुजित बासकोटा, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, नेत्री चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, वरिष्ठ निर्देशक ऋषी लामिछाने, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चर्चित गायिका देविका बन्दना, गायक सिताराम पोखरेल, कलाकार रश्मि भट्ट, नृत्य निर्देशक दिनेश पाख्रिन लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फेष्टिवल निर्देशक कमला जोशीले हरेक वर्ष थप भव्यताका साथ फेष्टिवल सम्पन्न हुँदै आएको बताउँदै फेष्टिभलले आगामी वर्षमा पनि निरन्तरता पाउने बताइन् ।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले फेष्टिवलका हरेक संस्करणले आफै यसको गरिमा बोलको भन्दै आफूले खासै बखान गरिरहन नपर्ने बताएका छन् ।
गत बुधबार गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले फेष्टिवलको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भीड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल