सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नबिलले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

शुक्रबार, १५ असार २०८०, १९ : ५०
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो ।  

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी  “नबिल ग्रीन विक” अभियानको उद्घाटन गरेका हुन् ।

बैंकले १५ देखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरि रहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए ।

अध्यक्ष पौड्यालले  बैंक  रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । “हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ” पौड्यालले भने ।

नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए । यो ग्रीन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाई छ ।  

सिइओ ढुंगानाले नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो विकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए । नबिल सस्टेनेबल बैंकिङ भर्टिकलले दिगो अभ्यासलाई प्रवर्द्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पु¥याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो।

बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ । विपन्न र सीमान्तकृत समुदायमा वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण बैंकिङ सेवा विस्तार रहेको छ । त्यसका साथै बैंकले समाजका विभिन्न क्षेत्रहरूमा वित्तीय ज्ञान र सीपहरू अभिवृद्धि गर्न वित्तीय साक्षरतामा समेत जोड दिदैँ आएको छ । 

नबिल सस्टेनेबल बैंकिङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ । जसले किसान र उद्यमीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने गरेको बैंकले जानएको छ। ग्राहकहरूलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानहरूमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पु¥याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको जानकारी गराइएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप