कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् : नेता केसी
शुक्रबार, १५ असार २०८०, १८ : ५३
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेका बताएका हुन् ।
उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका बताए । उनले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडी बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए ।
नेता केसीले कांग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले आफूहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत