मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउनुपर्छ : मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा मन्त्री साउदले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताए ।
मन्त्री साउदले नेपालले विभिन्न देशबाट बस्तुहरु आयात गरे पनि त्यो अनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन नसकेको बताए । नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने बताए । उनले नेपालका उद्योगी व्यवसायीहरुले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताए ।
मन्त्री साउदले नेपालको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्नको लागि गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने बताए । उनले अहिले नेपालले आयात गर्ने अधिकांश देशहरुमा व्यापार घाटा रहेको बताए । उनले निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न नसकेको स्वीकार गरे ।
मन्त्री साउदले निर्यात प्रवर्द्धन गर्ने निकायले मजबुत हुन नसकेको भन्दै निजी क्षेत्र आफैँ सक्रिय हुन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको अपेक्षा अनुसार परराष्ट्र मन्त्रालयले विभिन्न देशका राजदुतहरुलाई त्यो देशको आवश्यकता हरेर नेपाली उत्पादन निर्यातको सम्भावनाका बारेमा छलफल गरी नेपाली वस्तु निर्यातको वातावरण बनाउन निर्देशन दिनसक्ने बताए ।
मन्त्री साउदले परराष्ट्र मन्त्रालयले नेपाली वस्तु युरोप, अमेरिका, अरब लगायतका स्थानहरुमा निर्यातको लागि आवश्यक पहल गर्न तयार रहेको बताए । उनले निर्यात व्यवसायीहरुले विभिन्न दुतावासहरुसँग सहकार्य गरेर नेपाली वस्तु निर्यातको सम्भावनाको विषयमा छलफल अन्तरक्रिया गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक