हेटौंडामा यात्रुबाहक बस दुर्घटना, ३७ जना घाइते
शुक्रबार, १५ असार २०८०, १३ : ५१

हेटौंडा । मकवानपुुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको उनले बताए । दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
-
आफ्नै संरचना बनाउन जग्गा छैन, लगानीकर्तालाई जग्गा दिने !
-
‘महाराजाधिराज’मा रमेशले मारे इन्ट्री
-
समितिमा बिचौलियाको प्रवेश छ भनेर मैले भन्न मिल्दैन : हृदयराम थानी
-
रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका
-
आरआर स्ववियु समिति घोषणामा अखिल क्रान्तिकारी विभाजित, खारेज गर्न असन्तुष्ट पक्षको माग