आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

विप्लवले कपिलवस्तुमा धान रोपेर मनाए राष्ट्रिय धान दिवस

शुक्रबार, १५ असार २०८०, १२ : ५६
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् । 

असार १५ गतेको धान दिवसको उपलक्ष्यमा कपिलवस्तुको शिवगढीमा विप्लवसहितका  नेता कार्यकर्ताले धान रोपेका हुन् ।

आत्मनिर्भर पार्टी अत्मनिर्भर उत्पादन भन्ने मूल नाराका साथ विप्लवले धान रोपाइमा सहभागी भएका हुन् ।  पार्टीको निर्णय बमोजिम बर्दिया, कपिलवस्तु, चितवन सुनसरी, सिन्धुली र सल्यानमा ४० बिघामा धान रोपिएको नेकपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप