‘अकाल मृत्यु’ को कारण बन्दै एन्टीबायोटिकको सेवन
पोखरा । आवश्यकताबिनै शरीरमा पुगेका एन्टीबायोटिकका कारण पछिल्लो समय मानिसको स्वास्थ्यमा विभिन्न ‘साइड इफेक्ट’ हरू देखिन थालेका छन् । कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता रोग नेपालीको घरैपिच्छेको समस्या बनेको हो । बढ्दो सहरीकरण, बदलिएको जीवनशैली र तनाव भएको आमबुझाइ भए पनि बिरामी हुँदा खाइने एन्टीबायोटिक औषधी पनि यसको प्रमुख कारण बन्न थालेको विज्ञहरूको भनाई छ ।
कतिपय खानेकुरा र अन्य माध्यमबाट पनि मानिसको शरीरमा एन्टीबायोटिकले प्रवेश पाउने गरेको उनीहरूको भनाई छ । खानाकै रूपमा मुखबाट शरीरमा पुगेको एन्टीबायोटिकले नै प्रतिरोधात्मक शक्ति झन् कमजोर बनाउने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रतिवेदनले समेत देखाएको छ ।
‘औषधि स्तर नियमावली २०४३’ मा नेपाल सरकारले औषधिलाई क, ख र ग गरेर तीन किसिममा बाँडेको छ । समूह ‘क’ मा लागु र विषाक्त औषधि, ‘ख’ मा एन्टीबायोटिक्स हर्मोन्स पर्छ । यी समूहहरूको औषधीहरू चिकित्सकको प्रेस्क्रिप्सन अनुसार मात्र बिक्री वितरण गर्न पाइन्छ । यस्ता औषधीहरू फर्मासिस्ट (मेडिकल)ले बिक्री वितरण गर्न पाउँदैनन् । तर, नेपालमा सामान्य रुघाखोकी लागेर मेडिकल पुगेका बिरामीलाई समेत बिना जाँच अनिवार्य एन्टीबायोटिक्स दिइन्छ ।
फार्मेसी (मेडिकल पसल) हरूले समूह ‘ग’ अन्तर्गत रहेर औषधि बिक्री गर्नुपर्छ । जसका लागि चिकित्सकको प्रेस्क्रिप्सन चाहिँदैन । तर, नेपालमा यस्तो छैन । फर्मासिस्टहरुले नै बिरामीलाई चिकित्सकको अनुमतिबिना एन्टीबायोटिक औषधी दिइरहेका छन् ।
डब्लूएचओका अनुसार एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) आजको जल्दोबल्दै मुद्दा हो । सामान्य औषधीले काम नगर्दा लामो समय अस्पतालमा बस्नुपर्ने र बिरामीको मृत्युसमेत भइरहेको छ ।
विज्ञहरू औषधीको माध्यमबाट मात्र नभएर खानाको माध्यमबाट पनि नेपालीको शरीरमा एन्टीबायोटिक प्रवेश गरिरहेको बताउँछन् । विशेष गरेर ब्रोइलर कुखुराको मासुमार्फत पनि एन्टीबायोटिक शरीरमा प्रवेश गरिरहेको छ । ब्रोइलरलाई छिटो हुर्काउन दिइने एन्टीबायोटिक (ग्रोथ हर्मोन)का कारण पनि नेपालीको शरीरमा एन्टीबायोटिकको मात्र बढिरहेको छ । मासुजस्ता दैनिक खानेकुरा खाँदा प्रवेश गर्ने एन्टीबायोटिक्सका कारण नेपालीको शरीरमा कतिपय रोगमा सामान्य औषधिले कामै नगर्ने तथ्य फेला परेको छ । केही समय अघि डब्लूएचओले नेपाल लगायतका १ सय १४ देशमा गरेको तथ्याङ्कमा आधारित रहेर गरिएको अनुसन्धानले पनि कतिपय रोगलाई औषधिले कामै नगर्ने तथ्य फेला परेको हो ।
डब्लूएचओका अनुसार एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) आजको जल्दोबल्दै मुद्दा हो । सामान्य औषधीले काम नगर्दा लामो समय अस्पतालमा बस्नुपर्ने र बिरामीको मृत्यु समेत भइरहेको छ ।
सन् २०१४ मा ‘जीम ओनिली’ नेतृत्वले गरेको एउटा अध्ययनले एन्टीबायोटिकको जोखिम र क्षति बारे प्रतिवेदन तयार पारेको छ । यसका प्रतिवेदनमा सन् २०५० सम्ममा हरेक वर्ष एक करोड जनाको मृत्युको कारक एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) हुने प्रक्षेपण गरेको छ । अहिले आएर यसबाट सन् २०३० मै एक करोड मान्छेको मृत्यु हुन्छ भनेर भनिएको छ ।
सामान्य शब्दमा भन्दा एन्टीबायोटिक औषधि यस्तो बेला प्रयोग गरिन्छ जुन बेला सामान्य औषधीले काम गर्दैन ।
यसमध्ये नेपालजस्तो देशको जनसङ्ख्या कति हो यकिन तथ्याङ्क आएको छैन । यसरी मृत्यु हुनेको सङ्ख्या विश्वको कूल वार्षिक मृत्युको २० प्रतिशत हो । अहिले विश्वमा नियमित मरण, मुटु रोग, पक्षाघात, क्षयरोग, झाडापखाला, मधुमेह, सडक दुर्घटना, उच्चरक्तचाप आदि कारणले हुन्छ ।
सामान्य शब्दमा भन्दा एन्टीबायोटिक औषधि यस्तो बेला प्रयोग गरिन्छ जुन बेला सामान्य औषधीले काम गर्दैन । भर्खरै मात्र विश्वलाई नै आक्रान्त पारेको कोरोनाभाइरसले आक्रमण गर्दा एन्टीबायोटिक औषधिहरूको सेवन अनिवार्य परेको परेको थियो ।
(एन्टिमाइक्रोवियल रेजिस्टेन्स) एएमआरको प्रभाव केही देशले त एन्टीबायोटिकको प्रयोगलाई प्रतिबन्ध नै लगाउन थालका छन् । बेलायत, स्वीडेनजस्ता देशले एन्टीबायोटिक प्रयोगमा प्रतिबन्ध लगाउन थालेको समाचार आइरहेका छन् । यसरी नेपालमा मान्छेले खाने एन्टीबायोटिक समेत डाक्टरको प्रेसक्रिप्सनबिनै बिक्री रोक कहिले हुन्छ र अवैध उत्पादन हुने ब्रोइलर कुखुरा कसरी नियन्त्रण हुन्छ नेपाल सरकारतर्फ प्रश्न तेर्सिएका छन् ।
एन्टिमाइक्रोबियल रेजिस्टेन्स’विरुद्ध सचेतना
पोखराका पत्रकारलाई ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ विरुद्ध सचेतना प्रशिक्षण दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोगमा शुक्रबार पोखराको लेकसाइडमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । पोखरामा भएको कार्यशालामा यूएसएआईडीका डाक्टर सन्तोष दुलाल, डा. विविका श्रेष्ठ र अर्जुन अधिकारीले प्रशिक्षण दिएका थिए । एन्टिमाइक्रोबियल र यसको प्रतिरोधको पृष्ठभूमि, राष्ट्रियस्तरमा देखापरेका चुनौती, विश्वव्यापी फैलावट र भोग्नु परेका असर जानकारी दिएका थिए ।
‘यसको अनावश्यक प्रयोग बढ्दा मानव स्वास्थ्यमा त गम्भीर असर परेकै छ । कृषि जीवजन्तु र मानिसमा अझ बढी असर पुगेको छ,’ दुलालले भने । उनले पत्रकारहरूलाई समाचार लेख्दा एन्टीबायोटिकको जथाभाबी भइरहेको प्रयोग कम गर्न भूमिका निर्वाह गर्न आग्रह गरे । अहिले यो एन्टीबायोटिक प्रयोग विश्वको समस्या बनेको छ । नेपाल सरकारले एन्टीबायोटिकको अनावश्यक प्रयोग रोक्न राष्ट्रिय कार्ययोजना बनाइरहेको उनले बताए ।
डा.विविका श्रेष्ठले पनि नेपालमा महिलामा अनावश्यक रूपमा एन्टीबायोटिक औषधि प्रयोग भइरहेको बताइन् । उनले भनिन्, ‘गर्भावस्थामा महिलाहरूलाई एन्टीबायोटिक औषधि आवश्यक पर्दैन तर नेपालमा यसलाई अनिवार्य दिइन्छ,’ उनले भनिन्, ‘अनावश्यक रूपमा दिइएको एन्टीबायोटिक औषधिले गर्दा पनि नेपालीको आयु छोट्याइरहेको छ । महिलाको स्वास्थ्यमा उच्च जोखिममा परेको छ ।’ कार्यशालामा उनले एक स्वास्थ्य नीतिको अवधारणाबारे प्रस्तुति दिएकी थिइन् ।
प्रशिक्षक अर्जुन अधिकारीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारितासम्बन्धीका विषयवस्तु राखेका थिए । एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे जनस्तरमा चेतना छर्न पत्रकारको अहम् भूमिका रहेको उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव विनोदविन्दु शर्माले विश्वव्यापी असर र नेपाल जस्ता विकसित देशले भोग्नुपरेका समस्या गम्भीर रहेको बताए । उनले एन्टीबायोटिकको गलत प्रयोगबाट बाच्न स्वयम् आफू सचेत हुनुपर्ने बताए । उनले औषधी किन्दा चिकित्सकको प्रेस्क्रिप्सन बिना एन्टीबायोटिकको प्रयोग नगर्न आग्रह गरे ।